समाचार

नदीमा डुंगा पल्टिँदा एकको मृत्यु



दैलेख, २६ फागुन । कर्णाली नदीमा डुंगा पल्टिँदा एक जनाको मृत्यु भएको छ ।

कर्णाली नदीमा माछा लिन गएका बेला डुंगा पल्टिँदा डुबेर दैलेख आठबिस नगरपालिका–६ का ५५ वर्षीय लालबहादुर शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

डुंगा पल्टिएलगत्तै स्थानीयहरु उद्धार गरे शाहीलाई नदीबाट मृत निकालिएको प्रहरीले जनाएको छ । उनीसँगै डुंगामा सवार अन्य दुई जना भने पौडेर निस्किएको बताइएको छ ।