समाचार

ट्रयाक्टर दुर्घटना हुँदा एकको मृत्यु



धनकुटा, २६ फागुन । धनकुटामा ट्रयाक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ ।

गएराती साँगुरीगढी गाउँपालिका–६ कन्यापोखरीमा भेंडेटारबाट राजारानी जाँदै गरेको को १ त ५७६५ नम्बरको ट्रयाक्टर पल्टिँदा चौबिसे गाउँपालिका–३ का चालक ३० वर्षीय मोहनसिंह तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ  ।

दुर्घटनामा गम्भीर घाइते तामाङको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा राति १२ः४० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।