समाचार

मिलको पट्टामा बेरिएर महिलाको मृत्यु



बाँके, २६ फागुन । बाँकेमा धान कुटाउने मिलमा सल बेरिएर एक महिलाको मृत्यु भएको छ ।

शनिबार साँझ राप्तीसोनारी गाउँपालिका- ६ फत्तेपुरको सिधनवा राइस मिल’मा धान कुटाउन गएकी राप्तीसोनारी-६ सिधनवा निवासी २८ वर्षीया स्मृति थारूको मृत्यु भएको इलाका प्रहरी कार्यालय भगवानपुरले जनाएको छ।

धान कुटाउने मिलको धुरामा स्मृतिले ओडेको सल बेरिएपछि मिलको पट्टामा अल्झिएकी उनको घटनास्थलमै मृत्यु भएको जनाएको छ ।

मृतक थारूको शवलाई परीक्षणका लागि भेरी अस्पताल नेपालगञ्जमा राखिएको प्रहरीले जनाएको छ ।