विश्व

नेपालसँग भारतीय सांसदले मागिन माफी



काठमाडौँ, २८ फागुन । आम आदमी पार्टीकी सांसद अल्का लाम्बाले माफी माग्दै आफ्नो ट्वीट डिलिट गरेकी छिन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलक्षित ट्वीट गर्दै उनले नेपालबारे गरेको अपमानजनक टिप्पणीबारे ट्वीट बाटै माफी मागेकी छिन ।

उनको ट्वीट : प्रिय भारतवासी, कृपया यसपटक प्रधानमन्त्री चुन्नुहोला । चौकीदार त नेपालबाट पनि मगाउन सकिन्छ । नेपालका चौकीदार चोर हुँदैनन् । उनले यस्तो ट्वीट गरेपछि सामाजिक सञ्जालमा उनको व्यापक आलोचना भएको थियो ।

माफी माग्दै लेखेकी छिन् : मेरो ट्वीटले नेपालका जनतालाई दुःख पुगेको थाहा पाएँ । यसका लागि म छिमेकी देश नेपालका जनतासँग माफी माग्दछु । कसैको पनि म दुखाउने उद्देश्य थिएन । म तपाईंहरुको भावनालाई ध्यानमा राख्दै ट्वीट हटाएकी छु ।