राजनीति

सल्लाह भएको काममा सवैले डिफेन्स गर्छन्, मौरीजस्तो जाइलाग्छन् : नेता नेपाल



काठमाडौँ, ३० फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कुनै पनि निर्णय लिनुभन्दा पहिले सल्लाह गरे निर्णय पछिको जिम्मा सवैले लिने तथा डिफेन्स गर्छन्, मौरीजस्तो जाइलाग्ने बताउनुभएको छ ।

बुधबार संसद भवन नयाँ वानेश्वरमा पत्रकारलाई प्रतिक्रिया दिँदै उहाँले पार्टीमा छलफल नगरी विप्लव समूहलाई प्रतिबन्ध गर्नु उचित नभएको बताउनुभयो । प्रतिवन्ध लगाउने जस्तो गम्भीर विषयमा पार्टीमा छलफललै नगरी निर्णय गर्ने कार्यशैली ठीक नभएको दावी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘कुनै पनि चिजको निम्ति राम्रो, गम्भीर तयारी गरेर, पर्याप्त छलफल गरेर सरोकार भएका ठाउँमा छलफल चलाएर कदम चाल्नुपर्ने हो, अपरिवक्व ढंगले निर्णय गरेको देखियो ।’

मुलुकको सार्वभौमसत्ता, राष्ट्रियता, शान्ति सुरक्षा र सरकारको वैधानिकता स्वीकार गर्ने कुरामा कुनै बाधा आएमा पन्छाउनुपर्ने भन्दै नेता नेपालले यसरी कदम चाल्दा कमी कमजोरी भयो कि भएन भन्नेमा भने ध्यान पुर्यानउनुपर्नेमा जोड दिनुभयो ।