समाचार

होटलमा एक युवा मृत फेला



दाङ, १ चैत । दाङको एक होटलमा एक जना युवा मृत अबस्थामा फेला परेका छ ।

शुक्रबार बिहान घोराही उप–महानगरपालिका–१५ रोल्पाली ममता होटलको कोठामा रुम्टीगढी गाउँपालिका–१  धनाचौरका ३४ वर्षीय सूर्य बाँठ मृत अबस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

गएराती होटलमा बसेका बाँठ आज बिहान अबेरसम्म नउठेपछि होटल सञ्चालकले ढोका फोरेर हर्दा मृत फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।

मृतक बाँठ शव पोष्मार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको प्रहरीले जनाएको छ । उक्त घटनाको थप  अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।