समाचार

ट्याक्टरको ठक्करबाट एक इन्जिनियरको मृत्यु



वीरगञ्ज, १ चैत । पर्साको सखुवा प्रसौनी गाउँपालिकामा कार्यरत ईन्जिनियरको सवारी दुर्घटनामा परी मृत्यु भएको छ ।

गएराति ना१प २६२६ नम्बरको मोटरसाइकलमा वीरगञ्जतर्फ र्फकने क्रममा वीरगञ्ज महानगरपालिका-१९ विन्दवासिनी चोकमा विपरीत दिशाबाट आइरहेको ना३त ३६९३ नम्बरको ट्याक्टरको टायर उछिट्टएिर लाग्दा मकवानपुरको हेटौंडा उपमहानगरपालिका घर भएका ४० वर्षीय दिपेन्द्र गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

टायरले लागेर गम्भीर घाइते भएका गुरुङको एलएस न्युरो अस्पताल वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

फरार रहेको ट्याक्टर चालकलाई खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ ।