एजेन्सी, १ चैत । नोबेल शान्ति पुरस्कारका मनोनयनमा स्वीडेनकी एक स्कुले किशोरी परेकी छन् ।
अन्तर्राष्ट्रिय अभियान जलवायु परिवर्तनको क्षेत्रमा योगदान पुर्याएवापत मनोनयन सूचीमा ग्रेटा थन्बर्ग नाम गरेकी बालिकालाई नर्वेका तीन जना सांसदले उनलाई मनोनित गरेका हुन् ।
त्यस्तै नर्वेका सांसद फ्रेडी एन्ड्रे ओभ्स्टगार्डले एएफपीलाई भने, ‘हामीले ग्रेटा थन्बर्गलाई मनोनित गरेका छौं किनकी यदि हामीले जलवायु परिवर्तन रोक्न केही गरेनौं भने यसले युद्ध, कलह र शरणार्थी समस्याको उत्पादन गर्नेछ ।
शुक्रबार हजारौं स्कुले विद्यार्थीले संसारका १०० भन्दा बढी देशमा जलवायू परिवर्तन विरुद्ध प्रदर्शन गरिँदै छ । थन्बर्गले सुरु गरेको ‘फ्राइडे फर द फ्यूचर’ नामक अभियान कार्यक्रम अहिलेसम्मकै सबैभन्दा ठूलो हुने थन्बर्गले दावी गरेकी छन् ।
थन्बर्गले ट्विटरमा आफूलाई ‘१६ वर्षकी जलवायु कार्यकर्ता’ भनेर चिनाएकी छन् ।
प्रतिक्रिया दिनुहोस्