काठमाडौं, २ चैत । फिफा विश्वकप फुटबल २०२२ मा ४८ देश सहभागी हुने भएको छ
कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागी अमेरिकाको मियामीमा बसेको फिफा काउन्सिल र कतारी पदाधिकारीको बैठकले सन् २०२२ को विश्वकपमा सहभागी राष्ट्र ३२ बाट बढाएर ४८ पुर्याउने निर्णय गरेको हो ।
उक्त बैठकले सन् २०२२ को विश्वकपमा कतारसंगै सह–आयोजक राष्ट्रका रूपमा कुवेत र ओमानमध्ये एक देश थप्ने भएको छ । यसअघिका सबै विश्वकप आयोजना गर्मी मौसममा हुँदै आएको भएता पनि कतार विश्वकप भने जाडो मौसममा हुनेछ ।










प्रतिक्रिया दिनुहोस्