मनोरञ्जन

‘बाहुबली’ निर्देशकको ‘आरआरआर’मा आलिया पक्का



काठमाडौं, ३ चैत । बाहुबली’ निर्देशक एसएस राजमौलीको  नयाँ फिल्म ‘आरआरआर’का नायीका आलिया भट्ट पक्का भएकी छिन् ।

आलियाले यो फिल्ममा मुख्य नायिकाको भूमिका निर्वाह गर्नेछिन् । आलिया राम चरणको जोडी भएर प्रस्तुत हुनेछिन् । फिल्मको विषयबस्तु र राम्रो निर्देशक पाएकाले उक्त फिल्ममा काम गर्न लागेको आलियाले बताएकी छिन् ।

३०० करोड लगानीमा निर्माण हुन लागेका आरआरआलाई सन् २०१९ भित्र रिलिज गर्ने निर्माण पक्षको लक्ष्य राखेको छ ।

बलिउड अभिनेता अजय देवगण पनि आरआरआरमा देखिने भएका छन् । निर्माण युनिटका अनुसार उनको रोल सानो भएपनि महत्वपूर्ण रहेको बताएका छन ।