काठमाडौं, ५ चैत । भारतीय अर्बपति मुकेश अम्बानीले भाइ अनिल अम्बानीको ७.७ करोड डलर ऋण तिरिदिएका छन् ।
भाइ अनिलले स्वीडेनको एरिक्सन कम्पनीलाई अदालतको आदेश अनुसार आज मंगलबारसम्म ८० मिलियन डलर तिर्नुपर्ने थियो । उक्त रमक उनले रकम तिर्न सकेका थिएनन् साथै उनी जेल समेत जानु पर्ने थियो । मुकेशले भाइलाई बचाएका छन् ।
यता मुकेश र अनिलको सम्बन्ध राम्रो नभएका कारण एक अर्काका प्रतिद्वन्द्वी जस्ता देखिएका थिए । अनिलले भनेका छन्, ‘म र मेरो परिवार यसका लागि आभारी छौं कि हामी अतीतबाट निस्कियौं । यो सहयोगका लागि हृदयदेखि आभार ।’
अनिलले वक्तव्य समेत जारी गर्दै दाइ मुकेश र भाउजू नीता अम्बानीलाई सहयोगका लागि धन्यवाद दिदै भनेका छन्, ‘कठिन घडीमा मैले परिवारको सहयोग पाएँ । यसले हाम्रो परिवारको बलियो मूल्य-मान्यतालाई दर्शाउँछ । जुन समय मलाई सबैभन्दा बढी सहयोगको आवश्यकता थियो, मेरो परिवार साथमा रह्यो ।’
प्रतिक्रिया दिनुहोस्