सिरहा, ५ चैत । लहानस्थित शहीद रमेश महतोको शालिकमा नमत पार्टी गठन गरेका सिके राउतले माल्र्यापण गरेका छन ।
मंगलबार सिरहाको लहानमा दुई दिनसम्म चलेको राष्ट्रिय परिषद्को बैठक मार्फत् स्वतन्त्र मधेस गठबन्धनलाई तिलाञ्जली दिँदै आफ्नो गृह जिल्ला सप्तरी पुगेका छन् ।
२०६३ साल माघ ५ गते लहानमा रमेश महतोको आन्दोलनका क्रममा निधन भएपछि मधेश आन्दोलन चर्किएको थियो । तत् पश्चात प्रत्येक वर्ष माघ ५ गतेका दिनलाई मधेसमा बलिदानी दिवसको रुपमा मनाइँदै आएको छ ।
उनका कार्यकर्ताले लहानमा मोटरसाइकल र्याली प्रदर्शन गर्दै ‘सिके राउत जिन्दावाद, जनमत पार्टी जिन्दावाद’ सहितका नारा लगाएका छन । सरकारसँग भएको सहमति ऐतिहासिक रहेको भन्दै विजयी र्याली निकालिएको उनीहरुले बताएका छन् ।










प्रतिक्रिया दिनुहोस्