राजनीति

शिक्षामन्त्री पोखरेल अस्पताल भर्ना



काठमाडौँ, ८ चैत । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री मन्त्री गिरिराजमणि पोखरेल स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार अपराह्नदेखि पाटन अस्पताल भर्ना हुनुभएको छ ।

उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । तर पछिल्लो तीन(चार दिनदेखि फुड प्वाइजनको समस्या देखिएको थियो । पाटन अस्पतालमा बिहीबार भर्ना भएका मन्त्री पोखरेललाई शुक्रबार बिहान डिस्चार्ज गर्ने तयारी थियो । तर, बिहीबार रातिदेखि थप समस्या देखिएपछि तत्काल डिस्चार्ज नगर्ने निष्कर्षमा चिकित्सकहरु पुगेका छन् ।