राजनीति

मन्त्रिपरिषद बैठकको २१ वटा महत्वपूर्ण निर्णयहरू



काठमाडौँ, ८ चैत । सरकारले पछिल्लो समय गरेको २१ वटा मन्त्रिपरिषद् बैठकले गरेका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ ।

मन्त्रिपरिषद बैठकका निर्णयहरु

१. भारतीय सरकारी कम्पनी Konkan Railways Corporation Limited मार्फत दुई सेट DEMU Train रू. ८४ करोड ६५ लाख ९५ हजार ६ सय रुपैयाँ (कररहित) मूल्यमा जि–टु–जि प्रक्रियाबाट खरिद गर्न रेल विभागलाई स्वीकृति दिइएको छ ।

२. चलचित्र विकास बोर्डको अध्यक्ष पदमा श्री केशव भट्टराईलाई मनोनयन गरिएको छ ।

३. विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन नियमावली, २०७५ स्वीकृत गरिएको छ ।

४. कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत सञ्चालित आयोजनाहरूका लागि १९ राजपत्रांकित पदहरूको अस्थायी दरबन्दी स्वीकृत गरिएको छ ।

५ .नेपाल–भारत व्यापार र पारवाहन सम्बन्धी Letter of Exchanges (LoEs) लगायतका विषयमा छलफल गर्न सहसचिव रविशंकर सैजुको संयोजकत्वमा १० सदस्यीय वार्ता टोली गठन गर्ने निर्णय गरिएको छ ।

६. पत्रकार वृत्तिकोष स्थापना तथा सञ्चालन निर्देशिका, २०७५ स्वीकृत गरिएको छ ।

७. सोलु कोरिडोर १३२ के.भी. प्रशारणलाइनका लागि थप वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिइएको छ ।

८. नेपाल सरकार र जापान सरकारबीच Memorandum of Cooperation मा हस्ताक्षर गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिवलाई अख्तियारी प्रदान गरिएको छ ।

९. गोरखा दरबार हेरचार कार्यालय तथा संग्रहालय, गोरखा, नुवाकोट दरबार हेरचार कार्यालय तथा संग्रहालय, नुवाकोट, मनकामना क्षेत्र विकास समिति र हलेसी महादेवस्थान विकास समितिलाई संघ अन्तर्गत राख्ने निर्णय गरिएको छ । त्यस्तै पाल्पा दरबार संग्रहालयलाई प्रदेश नं ५ अन्तर्गत र शहीद स्मारक प्रकृति प्रतिष्ठान, थानकोटलाई प्रदेश नं ३ अन्तर्गत राखी व्यवस्थापन गर्ने निर्णय गरिएको छ ।

१०. सूचना प्रविधि पार्कको जग्गा तथा भवन सुरक्षण मुद्रण विकास समितिलाई उपलब्ध गराउने निर्णय गरिएको छ ।

११. जलस्रोतको उपयोग, व्यवस्थापन र नियमन सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिइएको छ ।

१२. स्वास्थ्य बिमा नियमावली, २०७५ स्वीकृत गरिएको छ ।

१३. चिकित्सकीय कानुनी (मेडिको लिगल) सेवा सञ्चालन निर्देशिका, २०७५ स्वीकृत गरिएको छ ।

१४. राष्ट्रिय सुरक्षा नीति, २०७५ स्वीकृत गरिएको छ ।

१५. एकल विन्दु सेवा केन्द्र स्थापना तथा सञ्चालन गर्ने बारेको सुचना प्रकाशन गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई स्वीकृति दिइएको छ ।

१६. औद्योगिक व्यवसाय नियमावली, २०७५ स्वीकृत गरिएको छ ।

१७. कर्जा सुरक्षण (पहिलो संशोधन) नियमावली, २०७५ स्वीकृत गरिएको छ ।

१८. नेपाल पत्रकार महासंघ (चौथो संशोधन) विधान, २०७३ स्वीकृत गरिएको छ ।

१९. शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज नियमावली, २०७५ स्वीकृत गरिएको छ ।

२०. औद्योगिक ग्राम घोषणा तथा सञ्चालन सम्बन्धी कार्यविधि, २०७५ स्वीकृत गरिएको छ ।

२१. प्रमाण ऐन, २०३१ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति दिइएको छ ।