राजनीति

सरकार आर्थिक, सामाजिक लगायत हरेक दृष्टिमा असफल भइसक्यो : नेता सिंह



काठमाडौँ, ८ चैत । प्रमुख प्रतिपक्षिदल नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभाका सांसद प्रकाशमान सिंहले वर्तमान नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकार आर्थिक, सामाजिक लगायतका हरेक दृष्टिले असफल भइसकेको दावी गर्नुभएको छ ।

शुक्रबार चाबहिलमा आयोजित कार्यक्रममा नेता सिंहले वर्तमान सरकारबाट भएका भ्रष्टाचारको पोल खुल्दै जाने तथा मेलम्चीको ठेकेदार काम छाडेर हिँड्नुको पोल विस्तारै खुल्दै जाने बताउँदै मन्त्रीले, सचिवले कमिसनको खेल समेत क्रमश खुल्दै आइरहेको बताउनुभयो ।

सरकारको गलत रवैयाका कारण प्रदेश र स्थानीय सरकारले पनि विकासको काम गर्न नसकेको उहाँको दावी रहेको थियो । सरकारका कारण जनताको चित्त बुझाउन जनप्रतिनिधिहरुलाई गाह्रो भएको समेत उहाँले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले संसदलाई सम्बोधन गर्दा काठमाडौंलाई धुलो र हिलोमुक्त बनाउने घोषणा गरेको तर काम नगरेको भन्दै उहाँले भन्नुभयो, ‘काठमाडौंमा मास्कसास्क केही लगाउनु पर्दैन, मैले दुई महिनामै ठीक गर्छु भनेको खै के भयो ?’