राजनीति

कांग्रेस नेता सिटौला अस्वस्थ



काठमाडौँ, ९ चैत । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला अस्पताल भर्ना हुनु भएको छ ।

स्वास्थ्यमा अचानक गडबडी भएपछि उहाँ शुक्रबार साँझ धुम्बाराहीमा रहेको ह्याम्स अस्पताल भर्ना हुनु भएको हो । आईसीयूमा राखेर उहाँको उपचार भइरहेको छ । उहाँको रगतमा हेमोग्लोबिनको मात्रा कम देखिएको र प्रेसरसमेत घटेको बताएका छन् । डाक्टर भगवान कोइरालासहितको टिमले उहाँको उपचार गरिरहेको छ ।