एजेन्सी, ९ चैत । घानामा बस दुर्घटनामा परि कम्तीमा ६० जनाको मृत्यु भएको छ ।
शुक्रबार राजधानी कारकासदेखि ४३० किलोमिटर टाढा पर्ने बोनो पूर्वी क्षेत्रमा दुई आपसमा बस ठोक्किएर आगलागी भएको त्यहाँका सञ्चार माध्यमहरूले जनाएका छन् ।
दुवै बसमा पचास पचास जना यात्रु रहेका बस ठोक्किएर आगलागी भएपछि यात्रुहरु बस भित्रै पोलिएको अधिकारीहरुले जनाएका छन् ।
स्थानीय प्रहरी प्रमुख जोसेफ अन्तवी ग्यावुलेका अनुसार सवारी साधनहरू गलत ठाउँमा गुडेकाले दुर्घटना भएको जनाएको छ ।
किन्ताम्पो सरकारी अस्पतालका चिकित्सक अवामे अर्हिमले दुर्घटनामा परी घाइते भएका २८ जनाको उपचार भइरहेको जानकारी दिए ।
स्थानीय सञ्चार माध्यमहरुका अनुसार एउटा बसका चालकले नियन्त्रण गुमाएपछि त्यो बस अर्को बससँग ठोक्किएपछि दुर्घटना भएको हो ।
प्रतिक्रिया दिनुहोस्