समाचार

पेस्तोलसहित एक युवक पक्राउ



कपिलवस्तु, ९ चैत । कपिलवस्तुमा कटुवा पेस्तोलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गएराति शिवराज नगरपालिका ४ बाट स्थानीय २४ वर्षीय युवक रिजवान मुसलमानलाई घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

चन्द्रौटामा सुन चोरीको घटना अनुसन्धान गर्दै जाँदा मुसलमानमाथि शंका लागेपछि घरमा छापा मार्दा पेस्तोलसहित उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।