मोरङ, ९ चैत । मोरङमा कन्टेनर ट्रक र टाटा सुमो ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
शनिबार बिहान कानेपोखरी गाँउपालिकामा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ३ ख ६९१८ नम्बरको कन्टेनरमा सोही दिशाबाट आउँदै गरेको बा ११ च ७९४८ नम्बरको यात्रुवाहक टाटा सुमो ठोक्किँदा झापाको अर्जुनधारा नगरपालिका–४ का ४७ वर्षीय रामकुमार अछामी र झापाको गौरादह नगरपालिका–४ का ४५ वर्षीय प्रकाश मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
अछामीको घटनास्थलमै र मगरको उपचारका लागि विराटनगरतर्फ ल्याउने क्रममा बिच बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।
उक्त घटनामाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्