सप्तरी, १० चैत । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले छोरी अभिशाप नभई वरदान भएको बताएका छन् ।
शनिबार कंचनरुप नगरपालिका १२ रुपनगर श्रावणपुरमा आयोजित पंचकन्या धार्मिक तथा साँस्कृतिक महोत्सवको समापन गर्दै मुख्यमन्त्री राउत छोरीलाई हेला गर्ने समय समाप्त भइसकेको बताए ।
उनले भने, ‘छोरी भयो भनेर मन छोटो नगरौं, छोरी अभिशाप होइन वरदान हो ।’, ‘छोरीलाई राम्रो शिक्षा दिएमा छोराजस्तै छोरी पनि अगाडि बढेर घर, परिवार र देशलाई सघाउँछन् ।’
उनले प्रदेशमा महिलालाई ५० प्रतिशत आरक्षण दिन सरकारले काम गरिरहेको बताएका छन । उद्योग स्थापना गर्नेलाई २० बर्षसम्म प्रदेशमा कुनै पनि कर तिर्न नपर्ने बताउँदै उनले औद्योगिक क्षेत्रमा बन्द हड्ताल गर्न नपाइने कानुन बनाइने बताए ।










प्रतिक्रिया दिनुहोस्