समाचार

स्काईभेटर सडकबाट खस्दा चालकको मृत्यु



संखुवासभा, १० चैत । संखुवासभाको सभापोखरी गाँउपालिका–४ खेवरिङमा स्काईभेटर सडकबाट खस्दा चालकको मृत्यु भएको छ ।

आइताबार बिहान डक खन्दै गरेको स्काईभेटरको माथिबाट खसेको ढुंगाले उक्त स्काइभेटरलाई उछिट्याउँदा स्काईभेटर करिब ३० मिटर खस्दा चालक सिन्धुपाल्चोक जुगल गाँउपालिका–१ का २० वर्षीय पतरुस श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाइएको छ ।