मनोरञ्जन

बर्षा स्टारर फिल्म ‘दाल भात तरकारी’ अष्ट्रेलियामा विक्री



काठमाडौँ, १० चैत । अभिनेत्री बर्षा राउत स्टारर फिल्म ‘दाल भात तरकारी’ अष्ट्रेलियामा महंगो रकममा विक्री भएको छ ।

वैशाख २० गतेबाट देशभर रिलिज हुन लागेको फिल्म ‘दाल भात तरकारी’को विदेशी माग बढेसगै अष्ट्रेलियामा रहँदै आएका विपिन बस्नेत र लाुर्क लामाले फिल्मलाई ४५ लाखमा खरिद  गरेको निर्माता किरण केसीले जनाएको छ ।

२ वटा गीत सार्वजनिक भएपछि फिल्मको माग अझै बढेको भन्दै अन्य देशबाट पनि फिल्म माग आएको निर्माता किरणले बताएका छन ।

सुदन केसीले निर्देशन गरेको फिल्ममा बर्षा राउत, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, पुष्पल खड्का, आँचल शर्मा किरण केसी, राजाराम पौडेल लगायतको कलाकारहरुको अभिनय रहेको छ  ।

गीत