काठमाडौं, ११ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले रगत बनाएर गणतन्त्र ल्याएको र फालिसकेको राजतन्त्रलाई धेरै नारा नलगाउन चेतावनी दिएका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिगमनका कुनै सम्भावना नरहेको र नेपाली जनता यो सुन्न पनि तयार नभएको बताए ।
उनले भने, ‘यो गणतन्त्र रगत बगाएर ल्याएको हो, भिक्षामा पाइएको होइन, गाई कि त्रिशुल खेलेको होइन । राजतन्त्र राजतन्त्र भनेर धेरै पट्याक फुटुक नगर्दा हुन्छ ।’ जोगीले फेरि लगाए जस्तो राजतन्त्रको नारा नलगाए हुन्छ, नागरिक भएकोमा गर्व छैन, रैतान हुने इच्छा छ ।’
प्रधानमन्त्री ओलीले दिगंवत भएका जनप्रतिनिधिलाई स्मरण गर्दैै सम्मान ब्यक्त गरे । उनले भने–‘जसले नेपाललाई अन्धकार युगबाट तानाशाही युगबाट संघीय गणतन्त्रको युगमा ल्याए । शान्ति र सुशासनको बाटोमा अघि बढाएकोमा आदर र सम्मान व्यक्त गर्दछु ।’
सफलताको १ बर्ष, सफलताको ३ अधिवेशन पूरा गरेको उल्लेख गर्दै भने, ‘यो बर्ष निकै कठिनाईहरु रहेको, संघीय संविधान बनाएपनि त्यसको कार्यान्वयनको अनुभव अभाव, संघीय संरचानको काम कर्तब्यको अभ्यास, कानुन निर्माण जस्ता विषयबस्तुको समाधान भयो ।’
सरकार भष्ट्रचार नियन्त्रण र सुशासन स्थापनामा प्रतिबद्ध रहेको बताउदै उनले भने–‘कञ्चनपुरमा जमिन मुनीबाट सुन निकालेको सुन्नुभएको होला, भारतमा सुन समातेको सुन्नुभएको होला । विभिन्न ओहोदाका मान्छेहरु पक्राउ परेका छन् । भष्टाचारको विषयमा कहिँ पनि ढाकछोप हुँदैन । सरकार भष्ट्रचारको कुनै पनि विषय सुन्दैन र त्यसलाई कारवाही गर्छ ।’










प्रतिक्रिया दिनुहोस्