विराटनगर, ११ चैत । रक्षामन्त्री ईश्वर पोखरेलले विप्लव समूहसँग वार्ताको कुनै सम्भावना नरहने बताएका छन् ।
सोमबार विराटनगर बिमास्थलमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री पोखरेलले विप्लव माओवादीले हतियार विसाएको खण्डमा भने वार्ता गर्न सरकार तयार रहेको बताए ।
उनले भने, ‘वार्ताको सम्भावना त्यो समयमा रहन्छ, जब हतियार बिसाएर विप्लव समूह आउँछ ।, ‘विप्लव समूह हतियार बिसाएर आए वार्ता गर्न सरकार तयार छ ।’
सरकारले कुनै राजनीतिक पार्टी र दललाई निषेध गर्न भने नखोजेको भन्दै विप्लव समूहलाई बम पड्काउने, मान्छे मार्ने जस्ता अनुचित काम गरेकाले सरकारले प्रतिवन्ध गरेको बताए ।










प्रतिक्रिया दिनुहोस्