पर्वत, १२ चैत । पर्वतमा ११ दिनदेखि घाँस काट्न गएकी बालिका बेपत्ता भएकी छन् ।
जलजला गाउँपालिका ७ धाइरिङकी १४ वर्षीया सुनिता रिजाल चैत २ गते दिउँसो १२ बजे घाँस काट्न भन्दै खेतमा गएकी उनी अझैँसम्म सम्पर्क नआएको जनाएको छ ।
बालिकाको परिवारले भने खोजी गरिदिन जिल्ला प्रहरी कार्यालय पर्वतमा निवेदन दिएका छन् । गहुँगोरो, खैरो कपाल गरेकी अन्दाजी पाँच फिट उचाइ भएकी उनी घरभन्दा केही तलको सल्यानफाँटमा घाँस काट्न भनी गएकी परिवारले जनाएको छ ।
बालिकाको हुलियासहित खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्