समाचार

चट्याङ लागेर दुई जना घाइते



झापा, १३  चैत । झापामा  अर्जुनधारा नगरपालिका–११मा  चट्याङले लागेर दुई जना घाइते भएका छन् ।

पानी, हावाहुरीसँगै परेको चट्याङले अर्जुनधारा नगरपालिका–११ मिल चोक बस्ने ४७ वर्षीया फूलामाया बर्देवा र ४२ वर्षीया कृष्णा बर्देवा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घरमै बसिरहेका अवस्थामा चट्याङले लागेर घाइते  भएका दुवैको मनमोहन अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।