राजनीति

लगानी सम्मेलनको सबै तयारी पूरा : लगानी बोर्ड



काठमाडौं, १३ चैत । लगानी सम्मेलनको सबै तयारी पूरा भएको लगानी बोर्डले जनाएको छ ।

शुक्रबारबाट हुने सम्मेलनको तयारीबारे प्रधानमन्त्री, मन्त्रीहरू, उच्च सरकारी अधिकारी र निजी क्षेत्रका प्रतिनिधिलाई हिजो ‘ब्रिफिङ’ गर्दै बोर्डले सबै तयारी पूरा भएको जनाएको हो ।

बोर्डका अनुसार उक्त सम्मेलनमा दातृ निकाय र विकास साझेदारसहित ६ सयभन्दा बढी विदेशी र ४ सय हाराहारी स्वदेशी लगानीकर्ता सहभागी भएको छ ।

सरकारले प्राथमिकताका सात क्षेत्र तोक्दै सम्मेलनमार्फत ७३ आयोजनाका लागि ३१ खर्ब स्रोत जुटाउने लक्ष्य लिएको छ । सम्मेलनका लागि  विदेशी पाहुना काठमाडौँ आउनेक्रम पनि सुरु भइसकेको बोर्डले जनाएको छ ।