काठमाडौँ, १३ चैत । राष्ट्रिय मानव अधिकार आयोगले माध्यमिक शिक्षा परीक्षा (एसईई) को समयमा नेपाल बन्द नगर्न नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई आग्रह गरेको छ ।
बुधबार विज्ञप्ति जारी गर्दै आयोगले एसईई परीक्षा र नेपाल बार एशोसिएसनको निर्वाचन परेकाले चैत १६ गते नेपाल बन्द नगर्न आग्रह गरेको हो । सचिव वेद भट्टराईद्वारा जारी विज्ञप्तिमा चन्दा, विस्फोट, हत्या हिंसायुक्त काम नगर्न र भययुक्त वातावरण सिर्जना नगर्न पनि विप्लव समूहलाई आग्रह गरिएको छ ।
बन्दले आम नागरिकको स्वतन्त्रतापूर्वक हिँडडुल गर्न पाउने अधिकार, स्वास्थ्य, शिक्षा, पेशा व्यवसाय र रोजगारीलगायतको अधिकार उपभोगमा बाधा पुग्ने भन्द आयोगले त्यस्ता गतिविधि नगर्न आग्रह गरेको हो ।










प्रतिक्रिया दिनुहोस्