समाचार

प्रहरी चौकीमा ढुङ्गा मुढा गर्ने ५ जना पक्राउ



कञ्चनपुर, १४ चैत ।  कन्चनपुरको अस्थायी प्रहरी चौकीमा ढुङ्गा मुढा गर्ने पाँचजना पक्राउ परेका छन् ।

बेदकोट नगरपालिकाको चम्फापुरमा रहेको अस्थायी प्रहरी चौकीमा गएराति १० बजे चौकी नजिकै जम्मा भएर हल्ला गर्दा प्रहरीले सम्झाउन खाजेपछि उल्टै चौकीमा ढुङ्गा मुढा गरेका उनीहरु आज पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा चम्फापुरका विकास विष्ट, धीरेन्द्र चन्द, ईश्वर चटौत, धीरेन्द्र रावल र हरि बोहरा रहेका छन् । पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा पठाइएको र सार्वजनिक शान्तिसुरक्षा विरुद्धको कसुर अन्तर्गत मुद्दा चलाउने तयारी भएको प्रहरीले जनाएको छ ।