समाचार

हत्या भएको २६ दिनपछि भेटियो रमिलाको शव



विराटनगर, १४ चैत । मोरङ बेलबारीकी २६ वर्षीया रमिला राईको हत्या भएको २६ दिनपछि सप्तकोशी नदीमा शव भेटिएको छ ।

बुधबार राईको शव सेतो बोरामा हात खुट्टा बाँधेर फ्याँकेको अवस्थामा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ को भारदह नजिकै भेटिएको हो ।

माछा मार्ने माझीले बोराभित्र शव देखेपछि प्रहरीलाई खबर गरेर प्रहरीको उपस्थितिमा माझीहरुले डुंगाको प्रयोग गरेर शव बाहिर निकालेको जनाएको छ ।

मोरङका तत्कालीन एमालेका पूर्वअध्यक्ष एवं सत्तारुढ दल नेकपाका नेता समेत रहेका योगेन्द्र गुरुङले राईको हत्या गरेर बा १५ च ७९१६ नम्बरको कारमा राखेर शव सप्तकोशीमा फालेको स्वीकारेका छन् ।