राजनीति

सरकारको निर्णयमा नेपाली सेनाको विमती छैन : मन्त्री बास्कोटा



काठमाडौं, १५ चैत । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले सरकारको निर्णयमा नेपाली सेनाको विमती नरहेको बताएका छन  ।

बिहीबार मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले सरकारले नेकपा विप्लव समूहमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयमा नेपाली सेनाको विमती नरहेको बताएका हुन ।

उनले भने,  ‘हामीले बारम्बार भनेका छौं, सेना नेपाल सरकार मातहतको निकाय हो । सरकारले लिने निर्णयहरुमा उसको न कहिल्यै विमती छ, न रहन्छ ।’

सरकारले २८ फागुनमा विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो ।