कपिलवस्तु, १५ चैत । कपिलवस्तुका विभिन्न सामूदायीक विद्यालयलाई शैक्षिक सामग्री र कम्प्युटर वितरण गरिएको छ ।
बिहीबार एसिया फाउण्डेसन, अग्रशिल नारी संस्था र अस्मिता संस्थाको सहयोगमा कपिलवस्तु समाजले मुनेश्वर मावि बहरबासी, जनता आधारभुत विद्यालय फुलिका, पूर्णकेशर मावि बगदी र गौतम बुद्ध आधारभुत विद्यालय सडवालाई कम्प्युटर र शैक्षिक सामग्री वितरण गरिएको हो ।
कपिलबस्तु नगरपालिकाका प्रमुख किरण सिंह, कपिलवस्तु समाजका अध्यक्ष अनिरुद्र शुक्ला, समाजकी सचिव निलिमा शर्मा, अग्रशिल नारी संस्थाकी अध्यक्ष जानकी प्रधान श्रेष्ठ लगायतले सम्बन्धित बिद्यालयका प्रअलाई सो सामाग्री हस्तान्तरण गरेका हुन् ।










प्रतिक्रिया दिनुहोस्