अण्डा प्रोटिन, भिटामिन, फ्याटी एसिड र खनिज पदार्थहरुले भरिपूर्ण खाद्यपदार्थ हो । अण्डाको सेतो भागमा सेलेनियम, भिटामिन डी, भिटामिन बी ६, भिटामिन बी १२, जिंक, आइरन र कपरजस्ता खनिज पदार्थ पाइन्छ भने अण्डाको पहेलों भागमा बढी क्यालोरी र चिल्लो पदार्थ पाइन्छ ।
अण्डा खानुको फाईदा :
१. कोलेस्टेरोलमा सुधार गर्छ : एउटा ठूलो खालको अण्डामा २१२ एमजी कोलेस्टेरोल हुन्छ । अण्डाले कोलेस्टेरोललाई सुधार गर्छ भन्ने कुरा पनि प्रमाणित भैसकेको छ ।
२. रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्छ : अण्डामा सेलेनियम पाइन्छ यसले शरीरको रोगप्रतिरोधी क्षमतामा वृद्धि गर्छ भने थाइराइड हर्मोनलाई नियमित पर्छ ।
३. मुटु रोग लाग्ने खतरा कम हुन्छ : खराब कोलेस्टेरोलको रुपमा रहेको एलडीएल कोलेस्टेरोलले धमनीका भित्तामा चिल्लो तत्व बोक्छ अण्डाले यसको विपरित एचडीएलले धमनीका भित्ताबाट चिल्लो पदार्थ हटाउँछ ।
४. छाला र कपालको स्वास्थ्यका लागि : अण्डा भिटामिन बी २ का साथै बी ५ र बी १२ को राम्रो स्रोत हो । स्वस्थ छाला, कपाल, आँखा र कलेजोका लागि बी कम्लेक्स भिटामिन आवश्यक हुन्छ ।
५. हड्डी र दाँत स्वस्थ राख्छ : अण्डा भिटामिन डीको प्राकृतिक स्रोत हो, जसले हड्डी र दाँतलाई स्वस्थ राख्छ ।
६ . दिमागको रक्षाका लागि : अण्डामा भएको कोलिन नामक पोषक तत्व दिमागको स्वास्थ्यका लागि महत्वपूर्ण हुन्छ ।
७. जीवन रक्षा गर्छ : शरीरलाई २० खालका अमिनो एसिड चाहिनेमा शरीर आफैंले ११ खालका अमिनो एसिड पूर्ति गर्छ ।
८. एन्टिअक्सिडेन्टको स्रोत : अण्डामा लुटिन र जियासान्थिन नामका एन्टीअक्सिडेन्ट पाइन्छ जसले आँखाको स्वास्थ्यका लागि उपयोगी मानिन्छ । अण्डा कलेजोका लागि स्वस्थकर मानिन्छ भने टाइप २ डाइबिटिज लाग्ने खतराबाट पनि बचाउने काम गर्छ ।
प्रतिक्रिया दिनुहोस्