काठमाडौँ, १६ चैत । प्रमुख प्रतिपक्षिदल नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले संघिय सरकारका शिक्षा मन्त्रीले नैतिकताका आधारमा राजिनामा दिनुपर्ने बताउनुभएको छ ।
शनिवार प्रेस विज्ञप्ति जारी गर्दै कोइरालाले एसईई परीक्षाको गोपनीयतामा र मर्यादामा सरकार चुकेका बताउँदै उहाँले शिक्षामन्त्री तत्कालै राजीनामा दिनुपर्ने उल्लेख गर्नुभएको छ ।
हजारौं विद्यार्थीहरूको भविष्य अन्धकारतर्फ धकलिने राज्यको यो लापरवाही र गैरजिम्मेवारीका कारण प्रदेश नम्बर–२ को एसइई परीक्षा बीचैमा स्थगित हुन पुगेको छ भन्ने कुरा प्रेस विज्ञप्तिमा लेखिएको छ ।
उहाँले विज्ञप्तीमा उल्लेख गर्नुभएको छ, ‘परीक्षाको आफ्नै मर्यादा र गोपनियता हुन्छ । यस सवालमा संघीय सरकार चुकेको देखिन्छ । यो गम्भीर घटनाको नैतिक जिम्मेवारी लिँदै शिक्षामन्त्रीले तत्कालै राजीनामा दिनुपर्छ र आगामी दिनमा यस्ता घटना नदोहोरिने प्रतिवद्धता राज्यले जनाउनुपर्छ ।’
प्रदेश नम्बर २ मा लगातार २ दिन एसईईको प्रश्नपत्र बाहिरिएपछि अहिले निकै विवाद चुलिएको छ । प्रदेश २ का विद्यार्थीहरु आन्दोलन उत्रेका छन् भने त्यहाँको पुरै एसईई परिक्षा स्थगित भएको छ ।
शुक्रवार साँझ शिक्षामन्त्री गिरिराजमणि पोखरेलले २ नम्बर प्रदेशमा बाँकी सबै परीक्षा स्थगित भएको सार्वजनिक गर्नुभएको थियो । स्थगीत भएसँगै आज तराईमा विद्यार्थीले उहाँको पुत्ला दशन गर्दै सडक अवरुद्ध बनाएका छन् । त्यस्तै विरोधमा प्रदेश नं. २ का विभिन्न ठाउँहरुमा प्रहरीसँग झडप हुँदा केही प्रहरी तथा विद्यार्थी घाइते भएका छन् ।










प्रतिक्रिया दिनुहोस्