समाचार

देशभरको मौसममा बदली : मेघ गर्जनसहित वर्षा हुने



काठमाडौँ, १७ चैत । देशभर आज मौसममा बदली भएसँगै पूर्वी भागमा मेघ गर्जनसहित पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज देशको मध्य तथा पूर्वी क्षेत्रका अधिकांश स्थानहरुमा मेघ गर्जनसहित वर्षा गराउने बादल विकसित भई पूर्व्तिर सरिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद बरुण पौडेलका अनुसार काठमाडौंमा दिउँसो केहीबेर मौसम खुलेपनि बेलुकापख पुनः बदली हुने छ । पश्चिमी भागमा मौसम खुलेपनि पूर्वीभागमा भने आज दिनभरी वर्षा हुनेछ । हिमाली भेगका थोरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जनाइएको छ ।