समाचार

ससुराको खुकुरी प्रहारबाट बुहारी गम्भिर घाइते



उदयपुर, १७ चैत । उदयपुरमा ससुराको खुकुरी प्रहार गर्दा बुहारी घाइते भएकी छन् ।

उदयपुर जिल्लाको बेलका नगरपालिका २ बाधडाडामा शनिवार स्थानीय सितुमान राईले ३० बर्षीया बुहारी चन्दा राईलाई घरयासी विवादका क्रममा खुकुरी प्रहार गरेका हुन् । शनिवार दिउँसो घरयासी विवाद हुँदा ससुराले बुहारीलाई खुकुरी प्रहार गरेका थिए ।

घाईते उनलाई उपचारको लागि वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान लगिएको छ । खुकुरी प्रहारबाट घाइते भएकी चन्दाको टाउको तथा शरिरका विभिन्न भागमा गहिरो चोट लागेको छ । खुकुरी प्रहार गर्ने सितुमान प्रहरी चौकी भागलपुरले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।