झापा, १७ चैत । भारतबाट अवैधरूपमा नेपाल भित्र्याइएको १४ कार्टुन यौनवर्द्धक औषधिसहित ४ पक्राउ परेका छन् ।
शनिबार राति झापाको कचनकवल गाउँपालिका –१ कुटीबाट प्रहरीले पक्राउ गरेको हो । बाह्रदशी गाउँपालिका–४ का इन्तियाज आलम, सोही ठाउँका ताहिर हुसेन, सादम हुसेन र वौद्ध–१ काठमाडौँ निवासी झिनचोक शेर्पालाई औषधि बोक्न प्रयोग गरिएको भ्यान र दुई मोटरसाइकलसहित नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय झापामा राखिएको प्रहरीले जनाएको छ । मे१ज ४०६३ नंको भ्यानमा औषधि राखेर बिर्तामोडतर्फ ल्याइँदै गरेको अवस्थामा अस्थायी प्रहरी चौकी कुटीले जाँचका क्रममा चारै जनालाई नियन्त्रणमा लिएको थियो ।










प्रतिक्रिया दिनुहोस्