राजनीति

संसदीय सुनुवाइ समितिको बैठक स्थगित



काठमाडौँ, १७ चैत । संसदीय सुनुवाइ समितिमा नेपाली कांग्रेसका सदस्यहरुले सभापति शेरबहादुर देउवासँग थप छलफल गर्नुपर्ने जनाउँदै समय मागेपछि मंगलबारको लागि बैठक सारिएको छ ।

प्रमुख निर्वाचन आयुक्तमा सिफारिस दिनेश थपलियाको सुनुवाइ प्रक्रियाका लागि आइतबार समितिको बैठक डाकिएको थियो। आज नै समावेशी आयोगमा सिफारिस विष्णुमाया ओझा विरुद्धमा परेका उजुरीमाथि छलफल हुने बताइएको थियो ।

माघ ६ बसेको संवैधानिक परिषद्को बैठकले विभिन्न पाँच संवैधानिक आयोगका अध्यक्ष सिफारिस गरेको थियो । आयोगका अध्यक्षमा भागबण्डा चाहेका देउवालाई उनको माग अनुरुपको सुनुवाइ नभएपछि उनले परिषद्को बैठक बेवास्ता गर्दै आएका छन् ।