एजेन्सी, १७ चैत । मध्य युरोपको भूपरिवेष्ठित देश स्लोभाकियामा भ्रष्टाचार विरोधी उम्मेदवार जुजाना क्यापुटोभाले राष्ट्रपतिको चुनाव जित्दै देशकी पहिलो महिला राज्य प्रमुख बन्नुभएको छ ।
जुजानाले सत्तासीन पार्टीका उच्च व्यक्तित्वका राजनीतिज्ञ तथा मारोस सेफकोभिकलाई दोस्रो राउण्डको रनअफ भोटमा पराजित गर्नुभएको हो । निर्वाचनमा उहाँले ५८ प्रतिशत मत ल्याउँदा प्रतिद्वन्द्वी सेफकोभिकले ४२ प्रतिशत मत पाउनुभएको थियो ।
पहिलो मतदानमा जुजानाले ४० प्रतिशत मत प्राप्त गरेकी थिइन् जुन सेफकोभिकले प्राप्त गरेको मतभन्दा १९ प्रतिशतभन्दा कम थियो ।
प्रतिक्रिया दिनुहोस्