काठमाडौँ, १८ चैत । उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलले बारा, पर्सा लगायतका ठाउँहरुमा आइतवार आएको विनाशकारी आँधीका कारण भएको मानविय तथा भौतिक क्षतीप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।
आफ्नो सामाजि सञ्जाल फेसबुकमा एक स्ट्याटस व्यक्त गर्दै मन्त्री पोखरेलले उद्धार, राहत तथा आवश्यक सहयोगमा सम्पूर्ण नेपालीहरु एक भई लाग्नलाई अपिल समेत गर्नुभएको छ ।
उहाँले हाल सम्म ३१ जनाको मृत्यु भइसकेको र करिव ५०० भन्दा बढी घाइते भएको भन्दै मृतकका परिवारलाई तत्काल क्षतीपूर्ति तथा घाइतेलाई उपचारको व्यवस्थामा कुनै कन्जुस्याई नगर्न आग्रह गर्नुभएको छ । उहाँले अझै पनि उक्त स्थानमा उद्धारका कार्यहरु निरन्तर रुपमा भइरहेको भन्दै सम्पूर्ण सरकारी, गैरसरकारी, सम्बन्धीत निकाय तथा युवा जनशक्तिलाई तदारुपताका साथ एक ढिक्का भई निरन्तर रुपमा उद्धारमा लाग्नलाई आग्रह समेत गर्नुभएको छ ।
उहाको स्ट्याटस जस्ताको त्यस्तै
‘बारा र पर्सा जिल्लाका विभिन्न स्थानमा भएको विनाशकारी आँधीबेहरीले हुनगएको जनधनको क्षति एवं हताहतको स्थितिप्रति अत्यन्तै दुःखित छौं । यस्तो विपद्मा नागरिकहरुको तर्फबाट जसले जहाँ जसरी सक्नुहुन्छ घाईते हुनुभएका, पीडित हुनुभएका हताहतमा पर्नुभएका सम्पूर्ण परिवारका लागि आवश्यक उद्दार र राहत कार्यमा धैर्यताका साथ जुटौं । केन्द्रीय सरकार र प्रदेश सरकारको तर्फबाट यथाशीघ्र पहलकदमी होस् भन्ने ध्यानाकर्षण गराउन चाहन्छौं ।’










प्रतिक्रिया दिनुहोस्