काठमाडौँ, १८ चैत । बर्दिया र रुकुममा माछा मार्ने क्रममा नदीमा डुबेर दुई जनाको मृत्यु भएको छ ।
बर्दियाको बढैयाताल गाउँपालिका—४ स्थित डुरुवा खोलामा हिजो साँझ ६ बजे माछा मार्न गएका स्थानीय २५ वर्षीय सुवास सिंह डुबेर मृत्यु भएको छ ।
त्यस्तै रुकुम पश्चिमको सानोभेरी गाउँपालिका—४ स्थित भेरी नदीमा आइतबार माछा मार्ने क्रममा बेपत्ता भएका बृद्ध मृत भेटिएका छन ।खोजतलासका क्रममा सानोभेरी गाउँपालकिा—१ चाइना बगरमा स्थानीय ६० वर्षीय तिले वली मृत भेटिएको रुकुम पश्चिम प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्