Banner News

उद्धारमा कुनै पनि कसर बाँकी नराख्न गृहमन्त्रीको निर्देशन



काठमाडौँ, १८ चैत । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले मातहतका सुरक्षा निकायलाई राहत, उद्दार तथा उपचारमा गम्भीर हुन निर्देशन दिनुभएको छ ।

बारा–पर्सामा गएराति आएको भीषण हावाहुरीमा २७ को मृत्यु र करिब ७ सय घाइते भएको बताउँदै उहाँले उद्दार र उपचारमा गम्भीर हुन निर्देशन दिनुभएको हो । गएरातिदेखि घटनाको अपडेटमा रहेर थापा राहत, खोजी तथा उद्दारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिनुभएको हो ।

थापाले बारा र पर्सामा आएको हावाहुरीले ठूलो जनधनको क्षति पुर्‍याएको घटनाले दुःखी बनाएको बताउँदै मृतकप्रति श्रद्धाञ्जली व्यक्तसमेत गरेका छन् । उहाँले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गर्नुभएको छ ।

मन्त्रालय स्रोतका अनुसार अहिले केन्द्रीय दैविक प्रकोप व्यवस्थापन समितिको बैठक समेत बस्दैछ । बैठकले राहत, खोज तथा उद्दारमा थप निर्णय गर्ने जनाइएको छ ।