राजनीति

कार्यकर्तालाई उद्धारमा खट्न देउवाको निर्देशन



काठमाडौँ, १८ चैत । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना नेता तथा कार्यकर्तालाई उद्धार र राहतमा खट्न निर्देशन दिनुभएको छ ।

उहाँले आइतवार साँझ बारा–पर्सामा आएको विनाशकारी हावाहुरीबाट प्रभावितहरूको उद्धारमा खट्न निर्देशन दिनुभएको हो । उहाँले आफ्नो सामाजिक सञ्जाल ट्विटमा देउवाले लेख्नुभएको छ, ‘नेपाली काँग्रेसका नेता तथा कार्यकर्तालाई उद्धार र राहतमा खटिन निर्देशन गर्दछु ।’

उहाँले हाल सम्म ३१ जनाको मृत्यु भइसकेको र करिव ५०० भन्दा बढी घाइते भएको भन्दै मृतकका परिवारलाई तत्काल क्षतीपूर्ति तथा घाइतेलाई उपचारको व्यवस्थामा कुनै कन्जुस्याई नगर्न आग्रह गर्नुभएको छ । उहाँले अझै पनि उक्त स्थानमा उद्धारका कार्यहरु निरन्तर रुपमा भइरहेको भन्दै सम्पूर्ण सरकारी, गैरसरकारी, सम्बन्धीत निकाय तथा युवा जनशक्तिलाई तदारुपताका साथ एक ढिक्का भई निरन्तर रुपमा उद्धारमा लाग्नलाई आग्रह समेत गर्नुभएको छ ।

पूर्व प्रधानमन्त्री देउवाले घाइतेहरूको उपचारमा तादरुकता देखाउन पनि सरकारलाई आग्रह गरेका छन् । आइतबार साँझ बर्षासँगै आएको हावाहुरीका कारण बारा र पर्सामा ३१ जनाको ज्यान गईसकेको छ । पाँच सय भन्दा बढी घाइते छन् ।