समाचार

सगरमाथा शिखर जाने बाटो निर्माणको काम सुरु



काठमाडौँ, १९ चैत । सगरमाथा शिखर पुग्ने बाटो निर्माणको काम सुरु भएको छ ।

विश्वको सर्वोच्च शिखर सगरमाथा पुग्ने बाटो आइसफल डाक्टरको टोलीले चैत २ गते गतेदेखि बाटो बनाइरहेका जनाएको छ ।

हिमाल आरोहणको याम सुरु भएसँगै एसपीसीसीबाट खटिएका आइसफल डक्टरका संयोजक आङकामे शेर्पाका अनुसार मौसम प्रतिकुल भएकाले एक हप्ता यता कुनै पनि काम गर्न नसकिएको जनाएको छ ।

आइसफल डक्टरले क्याम्प दुई सम्मको बाटो बनाउने छन् भने त्यसभन्दा माथि पर्यटनक आफैँ बाटो बनाउँदै सगरमाथाको शिखर पुग्ने गर्छन् ।

आइसफल डक्टर आङकामे शेर्पाको नेतृत्वमा गएको १० जनाको समूहले सगरमाथा आधारशिविरदेखि (क्याम्प) १ नजिकैसम्म बाटो बनाउने काम सकेको छ ।