काठमाडौँ, २१ चैत । अर्थमन्त्री डा। युवराज खतिवडाले दोहोरो अंकको आर्थिक वृद्धिदर हाँसिल गर्ने आधार स्पष्ट हुनुपर्ने बताएका छन् ।
काठमाडौंमा बुधबारदेखि शुरु भएको विकास परिषदको बैठकमा बोल्दै मन्त्री खतिवडाले समाजवाद उन्मुख र समृद्धि नेपालको परिकल्पना गरिरहँदा आर्थिक वृद्धिदरको आधार पनि प्रष्ट हुनुपर्ने बताएका छन ।
उनले भने, ‘दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गर्ने आधार के हो रु यसबारे छलफल हुनुपर्छ ।’
वैदेशिक रोजगारीमा गएकालाई स्वदेशमै रोजगारी दिलाउन अवसर रहेका श्रमका क्षेत्र पहिल्याउनुपर्ने साथै विद्युत, पानी भण्डारणको क्षमता कसरी बढाउन सकिन्छ भन्नेबार छलफल गर्न आग्रह गर्दै उनले भने । प्रविधिले विस्थापित हुन सक्ने श्रमबारे पनि वहस आवश्यक रहेको उनको भनाइ छ ।
छोटो अवधिमा अवधारणा पत्र तयार गरिएको भन्दै उनले भने, ‘१४औं योजना तयार पार्दा भर्खर संविधान बनेको थियो, निर्वाचन भएको थिएन, अहिले तिनै तहका सरकार बनेको छ, १४औं योजना समग्रमा सफल भयो ।’
१४औं योजनामा आर्थिक वृद्धि ७ प्रतिशत राखिएकोमा अहिले त्यसको नजिक पुग्न लागिएको उनले बताए । आयोगले आगामी २५ वर्षमा समुन्नत, स्वाधीन र समाजवाद उन्मुख अर्थतन्त्रसहितको समान अवसर प्राप्त, स्वस्थ, शिक्षित, मर्यादित र उच्च जीवनस्तर भएको मुलुकको परिकल्पना गर्दै विकास रणनीति बनाएको छ ।










प्रतिक्रिया दिनुहोस्