राजनीति

रेडियो नेपाललाई सार्वजनिक प्रसारण संस्थामा रुपान्तरण गर्ने मन्त्री बाँस्काेटाको घोषणा



काठमाडौँ, २१ चैत । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले रेडियो नेपाललाई एक वर्षभित्र सार्वजनिक प्रसारण संस्थामा रुपान्तरण गर्ने घोषणा गरेका छन ।

बुधबार रेडियो नेपालको ६९ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री बाँस्कोटाले  रेडियो नेपालको कुनाकन्दराका नागरिकको आवाज बन्नुपर्ने आवश्यक्ता रहेको बताउदै रेडियो नेपालले स्थानीय भाषाको समाचार स्थानीय तहबाटै प्रशारण गर्ने व्यवस्था गर्नुपर्ने समेत बताएका छन  ।

मन्त्री बास्कोटाले रेडियो नेपालका जनशक्ति, भौतिक पूर्वाधार र प्रविधिको प्रयोगमा आमूल परिवर्तन हुने गरी सार्वजनिक प्रशारण संस्थाको रुपमा विकास गर्न लागिएको स्पष्ट पारेका छन ।