मकवानपुर, २१ चैत । मकवानपुरमा ट्कले स्कुटरलाई ठक्कर दिँदा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान घाइते भएका छन् ।
बुधबार साँझ मनहरी गाउँपालिका–६ नयाँबस्तीमा ना ८ ख १८४२ नम्बरको ट्रकले ना ५९ प ३८०४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा पछाडि सवार चितवनको खैरहनी नगरपालिका–८ की २५ वर्षीया मुन्ना चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिँदा घाइते भएकी मुन्नाको उपचारको क्रममा भरतपुर मेडिकल कलेजमा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका स्कुटर चालक मुन्नाका श्रीमान् ३१ वर्षीय सरोज चौधरीको भने सोही अस्पतालमा उपचार भइरहेको छ ।
उक्त दुर्घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्