भक्तपुर, २१ चैत । युवा संघ, नेपाल पूर्वअध्यक्ष तथा पूर्वउद्योग मन्त्री महेश बस्नेतको पहलकदमिमा भक्तपुरका युवा व्यवसायीहरुले बारा जिल्लाका आंधिबेरी प्रभावि जनताको सहयोगार्थ रु चार लाख प्रदान गरेका छन् ।
यही चैत्र १७ गते बेलुका बारा जिल्लामा आएको बिनाशकारी आंधिबेरीबाट प्रभावित स्थान मध्यको पर्शुरामपुरमा युवासंघ नेपालद्वारा आयोजित राहत बितरण कार्यक्रममा संघका अध्यक्ष रमेश पौडेल र बरिष्ठ उपाध्यक्ष किरण पौडेललाई उक्त रकम हस्तान्तरण गरिएको हो ।
भक्तपुरका स्थानिय ब्याबशायीहरु राजेश चिकबन्जार्,रोमन शिलाकार्,निर्भय प्रशाई,पूर्ण लिम्बु, नुनम शुब्बा, प्रबिन कुश्मा, यादव राई लगायत बाट संकलित उक्त रकम भक्त कसुछ्वा र बिज्ञान राईले हस्तान्तरण गरेका थिए ।
संकलित रकमबाट अत्यावश्यक बश्तुहरु खरिद गरी प्रभावित स्थानहरुमा समुचित तवरमा बितरण गर्ने युवा संघ, राहत तथा उद्वार समिती संयोजक किरण पौडेलले जानकारी दिए यसै गरी आजै उपाध्यक्ष पर्शुराम बस्नेतको अगुवाईमा प्रदेश न १ कमिटीले संकलन गरेको ७ लाख मुल्य बराबरको बिभिन्न राहत सामग्री बितरण गरेको उहाँले बताउनुभयो ।
त्यस्तै काठमाडौं, चितवन, नवलपुर, मकवानपुर लगाएत जिल्लाहरुबाट समेत विभिन्न राहत सामाग्री संकलन तथा बितरण भैरहेको र यो क्रम निरन्तर जारी रहने उन्ले बताएका छन । युवा नेपालका स्व्यमसेवकहरु आजै देखी प्रभावित क्षेत्रको सरसफार्इ, भग्नाबशेश व्यवस्थापन र अस्थायी टहरा निर्माणमा जुटेको अध्यक्ष रमेश पौडेलले गर्नुभयो ।










प्रतिक्रिया दिनुहोस्