Banner News

पुँजी बजारमा विदेशी लगानी आवश्यक : अर्थमन्त्री खतिवडा



काठमाडौँ, २१ चैत । अर्थमन्त्री डा. युवराज खतिवडाले पुँजी बजारमा विदेशी लगानी आवश्यक रहेको बताएका छन ।

बिहीबारबाट काठमाडौंमा सुरु भएको दक्षिण एशीयाली लेखा व्यवसायी महासंघको सम्मेलनको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले सरकार  पूँजी बजारमा विदेशी लगाउने भित्र्याउने पक्षमा रहेको बताएका छन ।

वित्तीय र मौद्रिक उपकरणको विस्तारका लागि पनि पूँजी बजारमा विदेशी लगानी भित्र्याउन लागिएको बताउदै उनले भने, ‘पुँजी बजारको विस्तार र यसको खुलापनको लागि दक्षिण एशीयाली राष्ट्र अलि पछि परेको छ ।’  ‘पुँजी बजारमा विदेशी लगानी आवश्यक छ, यसले बजारको विस्तार हुन्छ, हामी यसप्रति सकारात्मक छौं ।’

अर्थमन्त्री खतिवडाले नेपालसहित दक्षिण एशीयाली मुलुकहरुले विदेशी लगानी आकर्षित गरिरहेको उल्लेख गर्दैै नेपालको पनि जल विद्युत क्षेत्र विदेशी लगानीका लागि आकर्षणको केन्द्र बन्दै गएको बताए ।