राजनीति

विशेष महाधिवेशन सामना गर्न तयार : सभापति देउवा



मोरङ, २१ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जिल्ला सभापतिहरुले माग गरेको विशेष महाधिवेशन सामना गर्न आफू तयार रहेको बताएका छन ।

बिहीबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै सभापति देउवाले भने, विशेष महाधिवेशन फेस गर्न तयार छु, पार्टीले बोलाउँदैन, जिल्ला सभापतिहरुले बोलाउँछन् भने बोलाउन्, फेस गर्न तयार छौँ ।’

सभापति देउवाले पार्टी एक जुट गराएर अगाडि बढ्ने क्रममा रहेकोले केही जिल्ला सभापतिहरुको चलखेलले कुनै फरक नपर्ने बताएका छन ।

कांग्रेस सभापति देउवाले न्याय परिषद्ले गरेको सिफारिस र निर्णयलाई सही या गलत भन्ने पक्षमा नरहेको बताउदै उनले भने, ‘न्याय परिषदले गर्ने निर्णय राजनीतिभन्दा बाहिर हुनु पर्छ ।’  ‘तर परिषद्ले गरेको निर्णय या गलत भनेर टिप्पणी गर्न जरुरी छैन ।’